Rendering Elements

Element हरू React एप्सको निर्माण ब्लकहरु हुन्।

एक element ले तपाइँ स्क्रीनमा हेर्न चाहनुहुन्छ वर्णन गर्दछ:

const element =
Hello, world

ब्राउजरको DOM element हरूको विपरीत, React element हरु सादा objects हुन्, र बनाउदा सस्तो हुन्छ। React DOM ले React element हरूसँग मिलाउन DOM लाई अद्यावधिक गर्न हेरचाह गर्दछ।

नोट:

“components” को अधिक व्यापक रूपमा ज्ञात अवधारणा हुनाले elements बाट भ्रमित हुन सकिन्छ। हामी अर्को खण्डमा component हरूको परिचय गर्नेछौं। element हरूबाट component हरु “बनेको हुन्छन”, र हामी अघि बढ्नु अघि यो खण्ड पढ्न प्रोत्साहन गर्दछौं।

एउटा Element DOM मा render गर्दै

हेरौ त्यहाँ एउटा
तपाईको HTML फाइल भित्र कतै छ:

हामी यसलाई एक “root” DOM node भन्छौं किनभने यसको भित्र सबै चीजहरू React DOM द्वारा व्यवस्थित गरिनेछ।

प्राय: React मात्र प्रयोग गरी निर्मित Application हरुमा एउटा root DOM node हुन्छ। यदि तपाइँ एक अवस्थित app मा React प्रयोग गर्नु भएको छ भने, तपाईंलाई जस्तो मनपर्छ तेस्तो धेरै अलग root DOM node हरू हुन सक्दछ।

root DOM node मा एक react element render गर्न, दुवै लाई ReactDOM.render() मा पास गर्नुहोस:

const element =
Hello, world

ReactDOM.render(element, document.getElementById('root'));

कोडपेनमा यो प्रयास गर्नुहोस्

यसले पेजमा “Hello, world” देखाउँछ।

Render गरिएको Element अपडेट गर्दै

React elements immutable हुन्छन। एकपटक तपाईंले एक element बनाएपछि, तपाईं एस्को child वा attributes परिवर्तन गर्न सक्नुहुन्न। चलचित्रमा हुने एक एकल फ्रेम जस्तै एक element हो: यो निश्चित समयमा UI को प्रतिनिधित्व गर्दछ।

अहिले सम्मको ज्ञान बाट यो कुरा थाहा पाउछौ कि, UI अद्यावधिक गर्न को लागि एकमात्र तरीका एक नयाँ element बनाउनु हो, र यसलाई ReactDOM.render () मा पठाउनु पर्छ।

यो चालु घडीको उदाहरणलाई विचार गर्नुहोस्:

function tick() {
const element = (

Hello, world!

It is {new Date().toLocaleTimeString()}.

ReactDOM.render(element, document.getElementById('root'));

setInterval(tick, 1000);

कोडपेनमा यो प्रयास गर्नुहोस्

यसले ReactDOM.render() लाई हरेक सेकेन्डमा setInterval() callback बाट कल गर्दछ।

नोट:

धेरैजसो, अधिकांश React app हरुले ReactDOM.render() एक पटक मात्र कल गर्छ।अर्को खण्डमा हामी यो कोडले stateful components मा कसरी encapsulated हुन्छ भन्ने सिक्छौं।

हामी तपाईलाई विषयहरू नछोड्न सिफारिस गर्दछौं किनकि तिनीहरू एकअर्कामा बनेको हुन्छन।

React ले जे आवश्यक छ त्यहि अपडेट गर्छ

React DOM ले element र यसको बच्चाहरूलाई अघिल्लो DOM संग तुलना गर्दछ, र केवल DOM लाई चाहिएको state मा ल्याउन आवश्यक पर्ने DOM मात्र अद्यावधिक हुन्छ।

तपाइँ ब्राउजर उपकरणहरूसँग अन्तिम उदाहरण निरीक्षण गरेर प्रमाणित गर्न सक्नुहुन्छ:

DOM inspector showing granular updates

यद्यपि हामी प्रत्येक tick मा पुरा UI रूख वर्णन गर्दै एक तत्व सिर्जना गर्छौं, केवल text node जसको सामग्रीहरू परिवर्तन भएको हुन्छ त्यही मात्र React DOM द्वारा अद्यावधिक हुन्छ।

हाम्रो अनुभवमा, UI लाई केहि समयपछि कसरी परिबर्तन गर्ने सोच्नुको सट्टा UI लाई अहिले कसरि देखाउने भनेर विचार गर्ने हो भने सबै bug हरु हट्छ।